ललितपुर,१ जेठ । ६० वर्षअघि चोरी भएको पुरातात्विक सम्पदा उमामहेश्वरको प्रस्तरमूर्ति बेलायतको लन्डनस्थित ब्रिटिश म्युजियममा भेटिएको छ । ललितपुर पाटनको ओकुबहाल नजिकैको थपाहिटी पानीधारामा रहेको उमामहेश्वरको म्र्तिू बाह्रौं शताब्दीको सृजना भएको मानिएको छ । नेपाली सम्पदाको खोज तथा घरफिर्ती अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, हिन्दु परम्परा र बिम्बमा शिव–पार्वतीको जोडासहित छोराहरु गणेश, कुमारसहितको…