५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आजदेखि काठमाडौंमा आउदैन केही समयका लागि मेलाम्चीको पानी



१ जेठ । काठमाडौं उपत्यकामा आजदेखि केही समयका लागि मेलम्चीको पानी नल्याइने भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बुस्थित बाँधस्थलमा मर्मत गर्ने भन्दै दुई साताका लागि यहाँको पानी बन्द गरिएको हो ।
सामान्य पानी पर्दा समेत मेलाम्चीको पानी काठमाडौं ल्याउन सकियोस भनेर मर्मत गर्न लागिएको बताइएको छ ।
गएको दुई बर्षअघि मेलम्चीमा आएको बाढीले खानेपानी आयोजनाको मुहान बगाउदा काठमाडौंमा पानी ल्याउन भएको थियो । तर मुख्य सुरुङ सुरक्षित रहेकाले ढुंगा माटो पन्छाएर २०७८ चैत अन्तिमतिर पुनः पानी ल्याइ वितरण गरिएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ३ : १८ बजे