[caption id="attachment_36249" align="alignnone" width="864"] स्केज : श्याम फुयाँल\ललितपुर खबर[/caption] ललितपुर, २० फागुन । जुवा खेल्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१४ थसिखेलस्थित इश्वरी खड्काको घरमा शुक्रबार साँझ जुवा–तास खेलेको आरोपमा १२ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। जुवा–तास खेलिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो…