२३ भदौं ०७७, ललितपुर । गतबिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना आज रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए । भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये उनीहरु रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताएका छन् ।…