भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेमा गएराति झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि आक्रमण भएको छ। झगडाको खबर दिएपछि प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायव निरीक्षक (प्रनानि) राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थल पुगेका थिए। तर, त्यही बेला झगडा गर्ने समूहले उनीहरूमाथि हातपात गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। आक्रमणका क्रममा प्रनानि बनमाला र…