काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडक विस्तारको काम सुस्त गतिमा चल्दा दशैंको समयमा यात्रुले धुलो, हिलो र धुवाँ झेल्नु परेको छ। सडक विस्तार कार्य २०७९ पुस २४ बाट सुरु भएको भए पनि हालसम्म कार्य सम्पन्न हुन सकेको छैन। सूर्यविनायक–साँगा सडकखण्ड ७.५ किलोमिटरको लागि ३ अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल…