काठमाडौँ । काठमाडौँबाट कावासोतीतर्फ जाँदै गरेकी एक ३२ वर्षीया महिला आइतबार साँझ गल्छीबाट सम्पर्कविहीन भएकी छन्। उनी चढेको बा.३ ख ८०९१ नम्बरको माइक्रोबसका चालकले शौच गर्न गएकी महिला फर्किन नआएको सूचना प्रहरीलाई दिएका थिए। घटनाबारे जानकारी पाएपछि धादिङको इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस, आदमघाटको टोलीले खोजी कार्य सुरु गरेको छ।…