काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु पुल मुनिको खोलामा रिक्सामार्फत फोहोर फाल्ने प्रयास गर्ने एक व्यक्तिलाई महानगर प्रहरीले नियन्त्रणमा लिई जरिवाना गरेको छ। महानगर प्रहरीको टोलीले सोमबार बिहान नियमित अनुगमनका क्रममा सो घटना पत्ता लगाएको हो। सार्वजनिक स्थान र खोला–नालामा फोहोर फाल्ने गतिविधि रोक्न महानगरले विशेष अभियान सञ्चालन गरिरहेको छ। नियन्त्रणमा परेका व्यक्तिलाई फोहोरमैला व्यवस्थापनसम्बन्धी नियम…