७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका शैक्षिक संस्थामा बम राखिएको भन्दै झुट्टा अफवाह फैलाउने व्यक्ति पक्राउ



काठमाडौं । शैक्षिक संस्थाहरूमा बम राखिएको भन्ने झुट्टा अफवाह फैलाएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति महोत्तरी घर भई हाल कीर्तिपुर नगरपालिका– १० बसोबास गर्ने ३८ वर्षीय जयरूद्र झा हुन् ।

प्रहरीका अनुसार झाले प्रहरी कन्ट्रोल रूमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंस्थित विभिन्न शैक्षिक संस्थामा विष्फोटक पदार्थ राखिएको दाबी गर्दै झुट्टा सूचना दिएका थिए । यस प्रकारको अफवाहले सर्वसाधारणमा डर त्रास फैलाउनुका साथै सार्वजनिक शान्तिमा खलल परेको थियो ।

घटनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले झालाई कीर्तिपुरस्थित नयाँ बजारबाट शुक्रबार पक्राउ गरेको हो ।

हाल उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।