१३ असार । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् । रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ…