२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर मालपोत प्रमुखसहित दुई जनाविरुद्ध घुस प्रकरणमा आरोपपत्र दायर



काठमाडौं । भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र उनका सहयोगी टिकाराम राउत विरुद्ध विशेष अदालत, काठमाडौंमा घुस लिएको आरोपमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारी अनुसार, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोहीको नाममा लगत कट्टा गरी धनी प्रमाण पूर्जा बनाउने प्रयोजनमा कार्यालय प्रमुख आचार्य २४ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका थिए।

अनुसन्धानका क्रममा आयोगले दुवै जनाले सेवाग्राहीसँग मिलेमतो गरी २४ लाख ५० हजार रुपैयाँको विगो कायम गरेको भेटेपछि मुद्दा दायर गरेको जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।