१४ असार । सिन्धुपाल्चोकमा भूकम्प गएको छ। हेलम्बु केन्द्रबिन्दु भएर गएराति १ बजेर २८ मिनेट जँदा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो।