१२ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ देखि सार्वजनिक सडकमा पार्किङ गर्न नदिने भएको छ । ‘महानगर क्षेत्रभित्र सार्वजनिक सडकमा सवारीसाधन पार्किङ सञ्चालन गर्न अनुमति दिइने छैन,’ महानगरले ल्याएको आर्थिक ऐनमा उल्लेख छ । यस्तै सार्वजनिक निकायको जग्गामा समयानुकूल सवारीसाधन पार्किङ सुविधा उपलब्ध हुने गरी दुवै पक्षको समन्वय तथा समझदारीमा सञ्चालन गरिने ऐनमा…