काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ वटा शिवालयको संरक्षणका लागि ११ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ। धार्मिक र ऐतिहासिक हिसाबले महत्त्वपूर्ण यो सम्पदाको संरक्षण र प्रवर्द्धन कसरी गर्ने भन्नेबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बैठकले कार्यदल बनाएको हो। कार्यदलमा पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग, गुठी संस्थान,…