काठमाडौं । औषधि व्यवस्था विभागले राजधानीका विभिन्न स्थानमा अवैध रूपमा नक्कली औषधि उत्पादन तथा बिक्री वितरण गर्ने गिरोहमाथि निगरानी कडा पारेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यापक रूपमा विज्ञापन गरी अनधिकृत औषधि विक्री वितरण भइरहेको पाइएको छ। विभागका औषधि व्यवस्थापक किरण बज्राचार्यका अनुसार, दर्ता नभएका तथा अनलाइनमार्फत नक्कली औषधिको कारोबार भइरहेको सूचनाका आधारमा विभागले १०–१५…