काठमाडौं । आजदेखि तिहार अर्थात् यमपञ्जकको शुरुवात भएको छ। तिहारको पहिलो दिन आज काग तिहार र धन्वन्तरी जयन्ती एकसाथ उत्साहपूर्वक मनाइँदैछ। नेपाली परम्परा अनुसार आजको दिन बिहानै घर–घरमा कागलाई मीठा परिकार अर्पण गरी पूजा गर्ने चलन छ। कागलाई सन्देशवाहकका रूपमा सम्मान गरिन्छ जसले शुभ समाचार ल्याउने र अशुभ समाचार टार्ने विश्वास रहिआएको छ। पुरातन संस्कृतिमा…