२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदद्वारा सर्वोच्चमा रिट दर्ता



काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। प्रदेशसभाका ७४ जना सांसदहरूले संविधानको धारा १६८(३) बमोजिम गठन भएको सरकार असंवैधानिक भएको दाबी गर्दै मंगलबार रिट दायर गरेका हुन्।

रिट दर्ता भएको जानकारी दिँदै मधेस प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले प्रदेश प्रमुखले बहुमत प्रमाणित नगरी हतारमा सरकार गठन गरेको आरोप लगाए। उनका अनुसार सो प्रक्रिया संविधान र संसदीय अभ्यासविपरीत भएको भन्दै न्यायिक समीक्षा माग गरिएको हो।

सर्वोच्च अदालतले उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक २६ गते पेसी तोकेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।