४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


कलाकार सिताराम—कुञ्जना राज्यले न्याय दिएन भन्दै अमेरिका फर्किए



अशोक दुलाल

हास्यकलाकार तथा अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे पुन: अमेरिका फर्केका छन् । नेपाली जनताबाट सहयोग उठाएर भरतपुरमा गौत्तम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियान सुरु गर्ने क्रममा आर्थिक मन्दीका कारण योजना अलपत्र भएपछि उनीहरु राज्यलाई गुहाँदै आएका थिए ।

https://www.youtube.com/@lalitkhabar

आयोजना पुरा गर्न भरतपुर नगरपालिकाले जिम्मा लिए पनि निर्माण क्रममा सरसामान खरिद गर्दा लिएको उधारो नतिरेपछि उनीहरु समस्यामा थिए ।
करिव ७ वर्षसम्म विभिन्न सरकार परिवर्तन भइरहेपनि उनीहरुको समस्या समाधान नगरेपछि निराशा व्यक्त गर्दै उनीहरु अमेरिका उडेका हुन् ।
सोही स्मरण गर्दै कलाकार सिताराम कट्टेलले सामाजिक सञ्जालमा दुई महिना‘
अथक प्रयास गरेको राज्यका ढोका–ढोका पुगेको भएपनि तर न राज्यले आवाज सुनेको न आफूले पीडा मन खोलेर सुनाउने अवसरपाए भन्दै दुखेसो पोखेका छन् । उनले लेखेका छन्—देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ ।

यस्तो छ कलाकार कट्टेलको गुनासो —

यो पटक त १००५ हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ।
दुई महिना‘
अथक प्रयास गरेँ।
राज्यका ढोका–ढोका पुगेँ।
न्यायको आशामा राज्यलाई गुहारेँ।
तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ। समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो।
१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।
आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ।
देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ।
१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला।
मन निकै भारी भएको छ।
ओठ कापेका छन्।
आँखा रसाएका छन्।
तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ।
कुनै दिन राज्यले सम्झिनेछ।
समयले सत्य बोल्नेछ।
हाम्रो पीडा सुनिनेछ।
त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ।
अनि मात्र हामीभित्रको देशभक्ति भावनाको कदर हुनेछ।
र त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन।
त्यही दिनको पर्खाइमा हामी रहनेछौँ।
चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ भन्ने आशामा‘
मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  १० : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।