६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि



चितवन
चालु आर्थिक वर्षमा चितवनमा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ ।
रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ । संक्रमितहरु सबै बिदेशबाट आएका बिरामी हुन ।

नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीविहरु पाईने गर्दछ । प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन् । नेपालमा ती मध्ये भाइभेक्स जातको परजीवि वढि देखिने गर्दछ । फाल्सिपारम जातको परजीवि औलो रोगका संक्रमित मध्ये १५ देखि २० प्रतिशमा देखिने गर्दछ । जसले मानिसको स्नायु प्रणालीमा समेत प्रभाव पार्ने उनले बताएका छन् ।

भाइभेक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा फाल्सिपारम परजीवी भेटिने गरेको उनले बताए। औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  २ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।