१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना




दाङ

बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका ३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई रु २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले रु २५ हजार जरिवाना गरेको हो ।

https://www.youtube.com/@lalitkhabar

टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्यसूची नटाँसेको, नालीमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेकोजस्ता समस्या पाएपछि जरिवाना गरेको प्रमुख बरालले बताएका छन् ।

प्रमुख बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटकपटक सुधार गर्न निर्देशन गरिएको भए पनि अटेर गरिएपछि सो टोली पुनः अनुगमनका लागि होटलमा पुगेको हो ।

यसअघि जस्तै यसपटक पनि कुनै पनि सुधार नदेखिएपछि अनुगमन टोलीले जरिवाना गरेको हो । तोकिएको जरिवाना एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुका साथै कागजपत्रसमेत ल्याउन निर्देशन दिइएको छ । सो टोलीले शुक्रबार देउखुरी क्षेत्रमा रहेका सातवटा होटलको पनि अनुगमन गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।