८ मंसिर । सुरक्षाकर्मीले आफूलाई निवासमा सीमित राखेको बताउँदै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा प्रत्यक्षीकरणको रिट निवेदन दिएका छन्। वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले शुक्रबार प्रसाईंका तर्फबाट सर्वोच्चमा रिट निवेदन दिएका हुन्। प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित घरबाट बाहिर निस्किन नदिएको भन्दै वन्दीप्रत्यक्षकरण रिट दायर गरिएको हो। जिल्ला प्रशासन…