९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुर्गा प्रसाईंको रिहा माग गर्दै सानोठिमी–सल्लाघारी मुख्य सडक अवरोध



८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाइको सर्मथकले दुर्गा प्रसाईंको रिहा माग गर्दै सानोठिमी–सल्लाघारी मुख्य सडक अवरोध गरेका छन्। प्रसाईंको घरवरिपरि सुरक्षाका लागि भन्दै प्रहरी परिचालित भएपछि उनलाई नजरबन्दमा राखिएको भन्दै समर्थकले रिहाइको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।

राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा बिहीबार काठमाडौ.को बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले आज (शुक्रबार) तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए। तर प्रदर्शनका लागि भेला भएकाहरूलाई प्रहरीले समात्दै चौकीमा लगिरहेको छ। आफ्ना साथीहको रिहाइको माग पनि उनीहरूले गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको भन्दै विज्ञप्ति जारी गरेको छ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।