१९ असोज । ६१ किलो सुन प्रकरणमा जिल्ला अदालत काठमाडौंले २५ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको छ। न्यायधीश माधव प्रसाद मैनालीको इजलासले २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरको हो। अदालतले अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयकी एजेन्ट रुक्मिणा सुब्बालाई भने पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी घाँटीको क्यान्सर पीडित हुन्।…