२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रिगलको मुद्दा ‘हेर्न नमिल्ने’मा



२५ असोज । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा ‘रिक्युजल’को घोषणा गरेका छन्। यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेकाले रिगलको मुद्दा हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले बिहीबार यस्तो घोषणा गरेको हो।

सो मुद्दा प्रधानन्यायाधीश श्रेष्ठ तथा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको थियो। सो मुद्दाकाे अर्को पेसी कात्तिक १४ गतेलाई तोकिएको छ। रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले १४ असोजमा राष्ट्रपतिबाट भएको आममाफीविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।