काठमाडौं, १३ वैशाख । संसदीय सुनुवाइ समितिका लागि राष्ट्रिय सभाले तीन सांसदको नाम मनोनयन गरेको छ। बुधबारको राष्ट्रियसभा बैठकले संसदीय सुनुवाइ समितिका लागि तीन सांसद रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मालाई मनोनयन गरेको हो। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएपछि त्यसमा सर्वसम्मत रुपमा सहमति जुट्न पुग्यो।…