रौतहट । रौतहटको मुडवालाबा मोड नजिक आइतबार सुटकेशभित्र २६ वर्षीया महिलाको शव फेला परेको छ। जिल्ला प्रहरीका अनुसार शवको सनाखत माधव नारायण नगरपालिका–२ महादेवपट्टी निवासी रुवीकुमारी साहको भएको पुष्टि भएको छ। प्रहरीका अनुसार रुवीकुमारीको भारतको मजफरपुरमा विवाह भएको थियो र उनी हाल माइती घरमै बस्दै आएकी थिइन्। शव गौर नगरपालिका–९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत डोरीले बाँधिएको…