२२ कात्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले गोरखा २ का उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सोही पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका क्रममा चुनाव चिन्ह भएको टोपी प्रयोग गरेपछि आयोगले उनीहरूलाई स्पष्टीकरण सोधेको जनाएको छ।…