१४ माघ ०७८, भक्तपुर । मध्यपुरथिमि नगरपालिका ४ मा रहेको इन्द्रायणी मन्दिरबाट आज सयौँ वर्ष पुराना महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ । मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर चोरी भएको स्थानीय साँस्कृतिक एवं नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिएका छन् । मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या…