५ मंसिर ०७८, काठमाडौं । सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको आज १५ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि माअेवादीले दशक लामो सशस्त्र युद्धलाई अन्त्य गरेको थियो। १० वटा विविध भागमा समेटिएको सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल…