काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम जेलमुक्त भएका छन् । उच्च अदालत वीरगञ्जको इजलासले बुधबार उनलाई निर्दोष ठहर गरेपछि उनी रिहा भएका हुन् । अदालतको सफाइको आदेश कारागारमा पुगेसँगै आलमलाई ललितपुरको नख्खु कारागारबाट छुटाइएको हो । यसअघि जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । तर उच्च अदालत वीरगञ्जले…