२५ चैत ०७७, काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन् । बुधबारदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै चुमानले राजीनामा मुख्यमन्त्रीलाई बुझाएको जानकारी दिए ।बुधबार बिहान…