विशाल बस्नेत १२ जेठ ०७९, महोत्तरी । बर्दिबास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रह्लाद क्षेत्रीले कार्यभार ग्रहण गर्दै गर्भवती महिला र नगरभित्रका विपन्न नागरिकहरूको लागी विशेष स्वास्थ्य उपचारको प्याकेज घोषणा गरेका छन् । गर्भवती महिलाहरूलाई निःशुल्क उपचार गर्नेदेखि विपन्न नागरिकहरूलाई निःशुल्क स्वास्थ्य बिमा गरिने नगरप्रमुख क्षेत्रीले आज पदभार ग्रहण गर्दै घोषणा गरेका हुन् । हिमाल, पहाड र…