४ जेठ ०७९, काठमाडौं । २१ वर्षीय युवक गाँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जसपाबाट उम्मेदवारी दिएका २१ वर्षीय बशिष्ट कुमार अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित बशिष्टले ३ हजार ७४३ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमारले ३ हजार ६२६ मत प्राप्त गरे ।