१५ पुस ०७८, सुर्खेत । विवादका बीच सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२÷६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक आज पुनःस्थापना गरेको हो । वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने÷नराख्ने विषयमा यहाँ ठूलो विवाद थियो । विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि…