८ भदौं ०७८, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले कोरोना विरुद्धको खोप उपलब्ध गराएका भौतिक उपस्थितिमा नै परीक्षा लिन निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले खोपको व्यवस्था गरेर परीक्षा सञ्चालन गर्न विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयलाई…