२६ साउन ०७८, काठमाडौं । मनसुनी गतिविधि पुनः सक्रिय हुने भएको छ । बुधबारदेखि बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सकृय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसको प्रभावका कारण बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका…