[caption id="attachment_31970" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] १५ साउन ०७८,विर्तामोड । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।…