७ मंसिर ०७९, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्…