१७ भदौं ०७९, काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंसम्ममा भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो ।