२७ असार ०७९, काठमाडौँ । पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका ११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ । आफूले दुःख गरी कमाएको केही रकम र ऋण गरी बनाएको घर बगाएपछि उनी घरविहीन भएका हुन् । दुवाचौर जाने झोलुङ्गे पुल नजिकै कोठा भाडामा उनको परिवार बस्दै आएको छ…