२५ फागुन ०७८, काठमाडौँ । टोखा नगरवासीले निःशुल्क रगत एवं रक्ततत्व पाउने भएका छन् । यसका लागि टोखा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबीच आज द्विपक्षीय सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्नपर्ने छैन । नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र…