१४ माघ ०७८, भक्तपुर । भक्तपुरकाे हनुमानघाटस्थित पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने माधव नारायण मेलामा व्रतालुहरु बाटोमा पल्टिमार्दै नगर परिक्रमा गर्छन् । यसैक्रममा भक्तपुरका टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै व्रतालुहरु हनुमानघाट पुगेका हुन् । जाडोको बेलामा धाेती एउटा बेरेर नाङ्गाे शरीरमै गर्नुपर्ने यो विधि कठोर मानिन्छ । पुरुष व्रतालुलाई जाडोमा राहत मिलोस्…