१६ भदौं ०७८, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन अनुमति प्रदान माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हस्ताक्षर ज्ञापनपत्र बुझाएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणा सहितको टोलीले मंगलबार मागपत्र बुझाएको हो । रात्रिकालिन मनोरञ्जन क्षेत्र ठप्प हुँदा यस व्यवसायमा आश्रीत ५०औँ हजार मजदुरहरू रोगले भन्दा भोकले…