३ असार ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ । आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गरेका हुन्। गत मङ्गलबार मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग…