२० जेठ ०७८, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । गोकर्णेश्वर–१, सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट मृत्यु भएको हो । गोकर्णेश्वर नगरपालिका–८, वाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनील राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भएका थिए । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई…