१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आफ्नै छोरीलाई यौन दुर्व्यवहारको काठमाडौंको डल्लुबाट आरोपमा वावु पक्राउ




१९ जेठ ०७८, काठमाडौं । काठमाडौंको डल्लुबाट आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा वावु पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्ब्यबहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले दुवैको नाम गोप्य राखेको छ ।
साथै भक्तपुरको गुण्डुबाट पनि एक पुरुष १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका ७ गुण्डु बस्ने ५० वर्षीय हरिकृष्ण कोजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कोजुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यी दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।