२३ पुस ०७७, काठमाडौं । चन्द्रागीरी नगरपालिका १० गुर्जुधारास्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा बाँके कोहलपुर नगरपालिका १० घर भएका २४ वर्षीय बालकृष्ण खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने र बाटो बाटै तानेर आफ्नो सटरतिर लैजाने गरेको भन्ने विशेष सूचनाको आधारमा…