१९ साउन ०७७, काभ्रे । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका कुनै पनि विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण अझै कायम रहेको अवस्थामा कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएको भन्दै आइतबार सूचना जारी गरी जिल्लाभित्रका सबै विद्यालयलाई कक्षा सञ्चालन नर्गन आग्रह…