११ असार ०७७, ललितपुर । कोञ्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३८ करोड ९५ लाख ४३ हजार बराबरको अनुमानित वार्षिक बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित गाउँसभामा कोञ्ज्योसोम गाँउपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले बजेट सार्वजनिक गरेकी थिइन् । ललितपुर १ का संघीय सासंद नवराज सिलवालको प्रमुख आतिथ्यता र प्रदेश सांसद चेतनाथ संजेलको विशेष आतिथ्यतामा…