९ फागुन ०७६, भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा यहाँको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर—आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ । आज मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विश्वराम थापाले जानकारी दिनुभयो । मध्यराति मन्दिरमा विशेष पूजा…